image
image

काभ्रेमा ५ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २७, असार ।  काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकामा गरिएको दुई पिसिआर र २४ एन्टिजेन परीक्षणमा चार महिलासहित पाँचमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा साढे चार महिनापछि सङ्क्रमणको लहर देखिएको कार्यालयले जनाएको हो । 

“काभ्रेमा कोरोनाको  लहर बढ्न सुरुआत  गरेको अनुमान गर्न सकिन्छ” कार्यालय प्रमुख डा.पुरुषोत्तम सेढाइँले भने । उनका अनुसार परीक्षणको दायरा क्रमशः बढाइँदै लगिनेछ । पाँच सङ्क्रमितको अवस्था सामान्य नै रहेको जनाइएको छ । 
जिल्लामा यसअघि गत वर्षको चैत पहिलो साता एकमा कोरोना देखिएको थियो । गत फागुन मध्यमा तेस्रो लहरको यसको सङ्क्रमण दर शून्यमा झरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । 

जिल्लामा हालसम्म दुई वर्ष पाँच महिनाको अवधिमा १७ हजार ५६० मा कोरोना देखिएको छ । तीमध्ये कोरोनाको पहिलो र दोस्रो लहरमा जिल्लाका १९४ तथा तेस्रो लहरका बीच एक पुरुषको मृत्यु भएको थियो । सङ्क्रमितमध्ये नौ हजार ३९४ पुरुष तथा आठ हजार १६६ महिला हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।