image
image

चामलको मूल्य बढ्यो

काठमाडौँ, २९, असार । पछिल्ला एक सातामा चामलको मूल्य प्रतिबोरा १०० देखि ११० रुपियाँ बढेको छ । नेपालमा प्रतिबोरा १७ सयदेखि १९ सय रुपियाँसम्म चामल पाउने गरेको छ । भारतमा चामलको मूल्य बढेको हल्ला आउने बित्तिकै नेपालका व्यापारी मौज्दात रहेको चामलसमेत बढाउन थालेका हुन् ।

नेपाल खाद्य किराना तथा थोक व्यवसायी सङ्घका अनुसार पछिल्ला चाररपाँच दिनदेखि नेपालमा प्रतिबोरा चामलको मूल्य १०० रुपियाँ बढेको छ । सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले नेपाल चामलमा लगभग भारतमै निर्भर रहेको र हाल भारतमै चामल प्रतिकेजी पाँच रुपियाँ भारतीय बढेको हुँदा प्रतिबोरा १०० रुपियाँ बढ्नुु स्वाभाविक भएको दाबी गरे । भारतमा प्रतिकेजी पाँच रुपियाँ भारतीय बढ्दा त्यही चामल नेपालमा आइपुुग्दा १०० रुपियाँ मात्रै बढ्नुु एकदमै न्यूनतम मूल्य हो, उनले भने, “भारतमा बढेको मूल्य नेपालमा बढ्यो भने ढुुवानीसहित जोड्दा प्रतिबोरा २०० रुपियाँ हुन जान्छ ।”

नेपालमा अन्य खाद्यान्न, दाल, चिनी, तेलजस्तो चामल मौज्दात राख्न सक्ने अवस्था नरहेको र दैनिक आउने हुँदा भारतमा बढ्ने बित्तिकै नेपालमा बढेको उनको भनाइ छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चामलका मिल तथा उद्योगी र खाद्यान्नका थोक व्यापारीसँग चामलको मूल्य बढ्नुुको कारण पेस गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।