image
image

शेयर बजारमा हरियाली,५९ अंकको वृद्धि हुदाँ २ अर्ब बढीको कारोबार

काठमाडौँ, २९, असार ।  साताको तेस्रो कारोबारको दिन (बुधबार) शेयर बजारमा हरीयाली छाएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ११.६८ अंक घटेर १९२७.२८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) ५९.५४ अंकले बढ्दा १९८६.८२ को विन्दुमा उक्लिएको छ । 

२२५ सूचीकृत कमपनीको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ४ करोड बढीको शेयर कारोबार भएको छ।

नेप्से बढेसँगै यस दिन २ स्टकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्स र  रिलायन्स फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको हो । 

यस्तै, सीईडिबी हाइड्रोपावरको शेयरमूल्य ९.९० प्रतिशतले बढेर सकरात्मक सर्किट लेभमा कारोबार भएको हो । यस दिन एभरेष्ट बैंकको अग्राधिकार शेयरको मूल्य सर्वाधिक ९.९९ प्रतिशत घटेको छ। अन्य स्टकको शेयरमूल्य गिरावट भने २ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड २ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआईसी एशियाको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

बुधबार सबै उपसमूहको परिसूचक उकालो लागेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.९६ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक ६.२५ प्रतिशत बढेको छ भने व्यापारको ५.३९ प्रतिशत बढेको छ। कारोबारमा आएकोा जलविद्युत, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक यस दिन ४ प्रतिशतभन्दा बढी बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।