आज कति पुग्यो तरकारीको बजार भाउ ? हेर्नुहोस् मूल्यसुचीसहित
काठमाडौँ, ३०, असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
बिहीबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ । अनार ३९०, आँप मालदह प्रतिकेजी १५५ रुपैयाँ र केरा दर्जनको १५५ रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली ९५ रुपैयाँ, कागती १४० रुपैयाँ, कुरिलो २७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ३७ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।


















