image
image

अमेरिकामा मुद्रास्फीति ४१ वर्षयताकै उच्च,तेलको भाउमा गिरावट

काठमाडौँ, ३०, असार ।  अमेरिकी फेडरल रिजर्भले ब्याजदर बढाउने सम्भावनाका कारण बिहीबार कच्चा तेलको मूल्य घटेको छ। अमेरिकामा मुद्रास्फीति ९.१ प्रतिशत पुगेको छ। जुन ४१ वर्षयताकै उच्च हो। 

हिजो बुधबार सेप्टेम्बर ब्रेन्ट कच्चा मूल्य २० सेन्ट अर्थात ०.२ प्रतिशतले घटेर ९९.३७ डलर प्रतिब्यारेलमा झरेको छ। अघिल्लो सत्रमा ४६ सेन्ट बढेपछि अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेल अगस्ट डिलिवरीका लागि ३७ सेन्ट अर्थात ०.४ प्रतिशतले घटेर ९५.९३ डलर प्रतिब्यारेलमा ओर्लेको थियो। 

फेडरल रिजर्भले ४१ वर्षलाई हेरेर १०० आधार विन्दुले ब्याजदर बढाएर मुद्रास्फीति नियन्त्रणको लडाइँलाई तीव्र बनाउन सक्छ।

बैंक अफ क्यानाडाले बुधबार मुद्रास्फीति नियन्त्रण गर्न १०० आधार विन्दु दर वृद्धिको घोषणा गरेको छ। इकोनोिमक साइकलमा यस्तो आक्रामक वृद्धि गर्ने जी–७ मा यो पहिलो देश हो।

ब्लुमबर्गले रुस–युक्रेन युद्धको परिणामस्वरुप युरोपेली आयोगको मुद्रास्फीतिको रेकर्डस्तर पुग्ने भन्दै २०२२ र २०२३ का लागि जीडीपी पूर्वानुमान घटाएको छ। बढ्दो मूल्य र जाडोयाममा ऊर्जा अभावको खतराले मागमा कमी आएको छ। 

डलरप्रति लगानीकर्ताको आकर्षण बढेको छ। जसलाई सेफ हेवन एसेटका रुपमा लिइन्छ। बुधबार डलर सूचकांक २० वर्षको उच्च स्तरमा पुगेको छ। जसले गैरअमेरिकी खरिददारहरुका लागि तेलको खरिद अधिक महँगो भएको छ। 

चीनमा कोभिड–१९ को नयाँ संक्रमणलाई रोक्न धेरै सहरमा लकडाउन लागू गर्ने चिन्ताले तेलको माग घटेको छ । यसको असर तेलको मूल्यमा परेको छ । जुनमा चीनको दैनिक कच्चा तेलको आयात जुलाई २०१८ यताकै न्यून स्तरमा झरेको छ।

यूएस इनर्जी इन्फर्मेसन एडमिनिस्ट्रेसनको तथ्यांकले मागमा आएको कमीतर्फ औँल्याएको छ। तेल उत्पादन १८.७ मिलियन ब्यारेल प्रतिब्यारेल छ। यो जुन २०२१ यता सबैभन्दा कम हो। –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।