image
image

पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना पुष्टि

काठमाडौँ, ३०, असार । नेपालमा पछिल्लो २४ घण्टामा २६० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ४४ जनाको परीक्षण गर्दा २६० जनामा कोरोना देखिएको हो।

उनीहरूमध्ये २१४ जनाले पिसिआर परीक्षण गरेका थिए भने ४६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

पछिल्लो समय नेपालमा दिनदिनै कोरोनाका संक्रमित थपिने क्रम बढ्दो छ। संक्रमण बढेसँगै सक्रिय संक्रमितको संख्या पनि उकालो लागेको छ। बिहीबार देशभर ११७१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।

बुधबार २०६ जनामा कोरोना पुष्टि भएको थियो। नेपालमा अहिलेसम्म ११ लाख २१ हजार जनामा कोरोना संक्रमण भएको छ भने ११ हजार ९५२ संक्रमितले ज्यान गुमाएका छन्।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।