image
image

नागरिक लगानी कोषले बढायो ब्याजदर, कति पुग्यो ?

काठमाडौँ, ३१, असार ।  नागरिक लगानी कोषले २०७९ साउन १ गतेदेखि लागू हुने सहभागीहरुलाई प्रदान गर्ने ब्याजदर परिवर्तन गरेको छ । 

कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६.५  प्रतिशतको ब्याजदरलाई वृद्धि गरी ८ प्रतिशत पुर्याएको छ भने ८० प्रतिशत बिशेष ऋण सापटीको ब्याजदर ९.५ प्रतिशत निर्धारण गरेको छ । 

त्यसैगरी साउन १ देखि लागू हुने गरी आवास कर्जाको ब्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०, सवारी कर्जामा १०.५ र सरल कर्जामा १०.५ प्रतिशत, उपदान कोष र लगानीकर्ता हिसाब योजनामा ७.५ प्रतिशत र नागरिक एकांक योजनामा ९ प्रतिशत ब्याज रकम प्रदान गर्ने निर्णय गरेको छ ।  

कोषले बीमा तर्फका सबै कार्यक्रमहरुमा वार्षिक ७.५ प्रतिशत ब्याज प्रदान गर्ने निर्णय गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।