image
image

सोमबार दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब माथिको कारोबार

काठमाडौँ, २, साउन । साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि शेयर बजार बढेको छ । आज शेयर बजार दोहोरो अंकले बढेको हो । 

अघिल्लो कारोबार दिन अर्थात आइतबार १.९३ अंक बढेर २०११.४० विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक १८.०३ अंकले बढेर २०२९.४३ को बिन्दुमा पुगेको छ । 

नेप्सेमा सूचीकृत २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्को शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ९ करोड ३४ लाख रुपैयाँ भन्दा माथि कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।