image
image

रसुवागढी हाइड्रोपावरको ६८ लाख ४२ हजार कित्ता आईपीओमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म दिन सकिने ?

काठमाडौँ, ३, साउन ।  रसुवागढी हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप भएको छ । अब कम्पनीको आईपीओमा साउन १० गतेसम्म आवेदन दिन पाइने भएको छ । कम्पनीले समय थप गरेपछि साउन १० गतेसम्म भर्न मिल्ने भएको हो । 

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको हो। रसुवागढीले असार १३ गतेबाट १ सय अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता शेयर निष्कासन गरेको हो ।

यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं ५ चिलिमेका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै,  गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ३ बृद्धम, वडा नं। ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चेका स्थानीयले पनि आवेदन दिन सक्नेछन ।

यस्तै, सामान्य प्रभावित बाँकी जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । 

यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल रहेका छन् । यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।