image
image

लगातार तेस्रो दिनमा शेयर बजारमा हरियाली

काठमाडौँ, ३, साउन ।  साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजार बढेको छ । 

आज अघिल्लो कारोबार दिन अर्थात सोमबार १८.०३ अंक बढेर २०२९.४३ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसुचक १६.२० अंकले बढेर २०४५.६३ को बिन्दुमा बन्द भएको छ । 

नेप्सेसँगै यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ३१ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २१३ स्टकको ३७ हजार ९७२ पटकको कारोबारमा २ अर्ब २९ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको ५७ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट् शीर्ष स्थानमा रहेको छ। सो स्टकको यस दिन १५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै यस दिन एभरेष्ट बैंकको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

बुधबार इमर्जिङ्ग नेपालको शेयरमूल्य सर्वाधिक ८.०१ प्रतिशत बढेको छ। त्यस्तै, गणपति लघुवित्तको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ भने ग्रीन भेन्चर्स र आईसीएफसी फाइनान्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सिभिल बैंकको ऋणपत्रको मूल्य यस दिन सर्वाधिक ७.७५ प्रतिशत घटेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७० प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।