image
image

कच्चा तेलको मूल्यमा गिरावट आए पछि भारत सरकारले हटायो पेट्रोलियम पदार्थको निर्यातमा विन्डफल ट्याक्स

काठमाडौँ, ४, साउन ।  विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावलाई ध्यानमा राख्दै भारत सरकारले पेट्रोलियम पदार्थको निर्यातमा हालै लगाइएको कर ९विन्डफल ट्याक्स० घटाएको छ । 

भारत सरकारले तीन साताअघि मात्रै डिजेल, पेट्रोल र हवाई इन्धन ९एटीएफ० निर्यातमा विन्डफल कर लगाएको थियो । कर घटाउने निर्णयबाट पेट्रोलियम पदार्थको सबैभन्दा ठूलो भारतीय निर्यातकर्ता रिलायन्स इन्डस्ट्रिज ९आरआईएल० लगायत ओएनजीसी जस्ता सरकारी तेल कम्पनीहरूले पनि सरकारको यो निर्णयबाट लाभान्वित हुने भएका छन् ।

कच्चा तेलको मूल्यवृद्धिलाई मध्यनजर गर्दै भारत सरकारले तीन साताअघि पेट्रोल, डिजेल र हवाई इन्धनमा निर्यात शुल्क बढाउने निर्णय गरेको थियो । स्वदेशी रिफाइनरी कम्पनीहरुले डिजेल, पेट्रोल र एटीएफ निकासी गरेर ठूलो नाफा आर्जन गरिरहेका बेला भारत सरकारले यस्तो निर्णय गरेको थियो । 

भारत सरकारको पछिल्लो सूचनाअनुसार डिजेल र हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँले विन्डफल कर घटाइएको छ । त्यसैगरी पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँका दरले लाग्ने विन्डफल कर पूर्ण रुपमा हटाइएको छ । यसबाहेक स्वदेशमा उत्पादित कच्चा तेलको निकासीमा लाग्ने कर झन्डै २७ प्रतिशतले घटाएर अहिले प्रतिटन १७ हजार रुपैयाँ पुगेको छ । एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।