image
image

मौद्रिक निति आउने दिन शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ, ६, साउन ।  साताको अन्तिम कारोबारको दिन (शुक्रबार) शेयरु बजार दोहोरो अंकले ओरालो लागेको छ । मौद्रिक नीति सार्वजनिक हुने दिन शेयरबजारमा २७ अंकको गिरावट आएको हो । 

८ दिन लगातार बढेर अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५.७८ अंक घटेर २०४४.७२ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसुचक आज २७.२६ अंकले घटेर २०१७.४६ को बिन्दुमा झरेको छ । 

 यस दिन २ घण्टाको कारोबारमा २१२ स्टकको २३ हजार ८६८ पटकको कारोबारमा १ अर्ब ४४ करोड ३४ लाख रुपैयाँ बराबरको ३३ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

शुक्रबार किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.४१ प्रतिशत बढेको छ। त्यसैगरी, गणपति लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने नयाँ सारथी लघुवित्तको शेयरमूल्य ४ प्रतिशत बढेको छ। यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ५.७९ प्रतिशत घटेको छ। कारोबारमा आएको रु रु जलविद्युत कम्पनी, सूर्योदय वोमी लघुवित्त, सिभिल लघुवित्त, हिमालयन उर्जा विकास कम्पनी, नेपाल फाइनान्स र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेका छन्।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोडभन्दा बढीको शेयर कारोबार भउको छ। त्यस्तै, हिमालयन डिष्टिलरीको यस दिन करिब ७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४८ प्रतिशत घटेको छ। यस दिन विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र म्युचुअल फण्डको १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।