image
image

दोहोरो अंकले घट्यो नेप्से शेयर बजार

काठमाडौँ, ६, साउन ।  नेपाल स्टक एक्सचेन्जका अनुसार, शुक्रबार २७.२६ अंकले घटेर दुई हजार १७ विन्दुमा झरेको छ। यसअघि दुई दिन भने नेप्से उकालो लागेको थियो।

राष्ट्र ब्यांकले आज आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीति ल्याउँदै छ। मौद्रिक नीति कसिलो हुने अनुमानबीच शेयर बजारमा नराकात्मक प्रभाव परेको छ।

शुक्रबार २१२ कम्पनीको ३३ लाख २० हजार ५१२ कित्ता शेयर किनबेच भयो। जमास एक अर्ब ४४ करोड कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज ब्यांकिङ १५.१७, होटल तथा पर्यटन ५८.६३, विकास ब्यांकक ७१.३५, फाइनान्स २७.८, जलविद्युत् ३५.७८, उत्पादन ११२.८९, जीवन बीमा १०९.६७, माइक्रोफाइनान्स ४८.८५, निर्जीवन बीमा ३२.६५, अन्य ३२.८२ र ब्यापार उपसमूह सूचक ५०.३७ अंकले घटेका छन्।

आज १४ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने एउटा कम्पनीको मूल्य स्थिर रह्यो।
https://www.himalkhabar.com/news/131281
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।