image
image

शेयर धितो कर्जामा ४–१२ को क्याप हट्यो,धितो कर्जाको सीमा १२ करोड रुपैयाँ

काठमाडौँ, ६, साउन ।  चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम सुरु भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दैछन्।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको सीमा १२ करोड रुपैयाँ कायम गरेको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीतिमार्फत समग्र बैंकिङ प्रणालीबाट शेयर धितो कर्जाको सीमा १२ करोड रुपैयाँ लिइएको जानकारी गराएको हुन्। यसअघिको नीतिअनुसार एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र समग्र बैंक तथा वित्तीय संस्था १२ करोड रुपैयाँसम्म धितो कर्जा लिन सक्ने व्यवस्था थियो। 

यसैगरी शेयर धितो कर्जामा २५ लाख रुपैयाँसम्मका जोखिम भार १०० प्रतिशत गरिएको छ भने त्यहाँभन्दा माथिका लागि १५० नै कायम गरिएको छ। 

यस्तै धितोपत्र कारोबार रोक्काका विषयमा धितोपत्र बोर्डले स्वयं नीतिगत व्यवस्था गर्न पाउने व्यवस्था पनि मौद्रिक नीतिमा गरिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।