मन्दाकिनी हाइड्रोपावरको आइपिओ बिक्री खुला
काठमाडौँ, ९, साउन । सर्वसाधारणका लागि मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आइपिओ आज सोमबार देखि बिक्री खुला गरेको छ।
कम्पनीले जारी पुँजी ५८ करोड ८० लाख ३६ हजार नौ सय रुपैयाँको २० प्रतिशत अर्थात् ११ करोड ७६ हजार सात हजार तीन सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आइपिओ निष्कासन गरेको हो।
कम्पनीले निष्कासन गरेको कुल सेयरमध्ये २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ। यसबाट बाँकी रहेको १० लाख ९३ हजार सात सय ४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ।
कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ प्रदान गरेको छ।
यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ।