image
image
आगामी तीन महिनामा १४ प्रतिशतले मूल्य बढ्ने अपेक्षा नेपाल राष्ट्र बैंक

आगामी तीन महिनामा १४ प्रतिशतले मूल्य बढ्ने अपेक्षा नेपाल राष्ट्र बैंक

काठमाडौँ, ९, साउन । आगामी दिनमा मूल्यवृद्धि अझै उच्च हुने देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९ को चौथो त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाले आगामी तीन महिनामा मूल्यवृद्धि उच्च हुने बताएको हो ।

सर्वेक्षण अनुसार आगामी तीन महिना १४ प्रतिशतले मूल्य बढ्ने अपेक्षा गरिएको छ । त्यस्तै आगामी एक वर्ष पछिको अपेक्षित मुद्रास्फीति १३.५ प्रतिशत हुने अनुमान गरिएको छ ।


सर्वेक्षण अनुसार उपभोक्ताले अहिलेको मुद्रास्फीति पनि १४ प्रतिशत रहेको महसुस गरेका छन् । सर्वेक्षणमा सहागीहरुले निकट अवधिमा मुद्रास्फीति अहिलेकै अनुपातमा रहने र केही अवधिपछि भने घट्ने अपेक्षा गरेका छन्।

सर्वेक्षणमा सहभागीहरुलमध्ये ९४.७ प्रतिशतले आगामी तीन महिनासम्म मूल्य बढ्ने बताएका छन् । जसमध्ये २७.४ प्रतिशतले आगामी तीन महिना मूल्यवृद्धि अहिलेको भन्दा उच्च हुने बताएका छन् । त्यस्तै ४२.३ प्रतिशतले अहिलेको दरमा मूल्यवृद्धि हुने अपेक्षा गर्दा २४.९ प्रतिशतले मात्रै अहिलेको भन्दा मूल्यवृद्धि कम हुने बताएका छन् ।


यस्तै ९४.४ प्रतिशतले आगामी एक वर्षसम्म नै मूल्य बढ्ने बताएका छन् । जसमा ३३.१ प्रतिशतले अहिलेको भन्दा उच्च, ४१.७ प्रतिशतले अहिलेकै हाराहारी र १९.५ प्रतिशतले मूल्यवृद्धि १ वर्षपछि घट्ने अपेक्षा गरेका छन् ।

२० देखि २७ असार २०७७ मा राष्ट्र २८ सहरका ३१ बजार क्षेत्रका ११४१ शहरी व्यक्तिहरूको प्रतिक्रिया आधारमा उक्त सर्वेक्षण तयार गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले जेठ २०७९ को वार्षिक  उपभोक्ता  मुद्रास्फीति ८.५६ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको थियो । तर, राष्ट्र बैंककै सर्वेक्षणले भने असारमा उपभोक्ताले १४ प्रतिशतले मूल्यवृद्धि भएको महसुस गरेको उल्लेख छ । 

‘राष्ट्र बैंकले ६० वटा मार्केट सेन्टरबाट ४०० वटा भन्दा बढी वस्तुको वास्तविक मूल्य संकलन गरेर ल्याएर त्यसको आधारमा  मुद्रास्फीतिको विवरण तयार गर्छ,’ उनले भने, ‘तर, सर्वेक्षण भने बजारमा उपभोक्तालाई केही वस्तुको मूल्य सोधेर तयार पारिएको हो । त्यसैले मुद्रास्फीति र सर्वेक्षणको तथ्यांक मेल खाँदैन ।’

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।