image
image

श्रीलङ्काको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड अमेरिकी डलर

काठमाडौँ, १५, साउन ।  सन् २०२२ को जून अन्त्यसम्ममा श्रीलङ्काको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड अमेरिकी डलर रहेको केन्द्रीय बैंकले शुक्रबार जनाएको छ ।

श्रीलङ्काको मुद्रा सञ्चिति सन् २०१९ को अन्त्यमा सात अर्ब ६० करोड अमेरिकी डलर पुगेको थियो तर त्यसबेला देखि सञ्चितिमा निरन्तर ओरालो लाग्दै आएको छ । सन् २०२० को अन्त्यसम्ममा उक्त मौज्दात पाँच अर्ब ७० करोड डलरमा झरेको थियो ।

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार सन् २०२१ को अगस्तसम्ममा उक्त मौज्दात तीन अर्ब १० करोड पुगेको र र सन् २०२२ मार्च मसान्तसम्ममा यसमा थप कमी आई एक अर्ब ९० करोड डलर पुगेको थियो ।

आर्थिक सञ्चितिमा आएको गिरावटको अर्थ श्रीलङ्कालाई इन्धन र औषधि जस्ता अत्यावश्यक वस्तु आयात गर्न समस्या भएको छ ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।