image
image

सेयर बजारमा छायो हरियाली, ४ अर्ब ६० करोडको कारोबार

काठमाडौँ, १५, साउन ।  सेयर बजार परिसूचक नेप्सेमा उत्साह देखिएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नै ५४ अंकले बढेको नेप्सेमा ४ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५४.५८ अंकले बढ्दै २१ सय ९५.१० अंकमा उक्लिएको हो । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ९.७२ अंकले बढ्दै ४१९.२० अंकमा उक्लिएको नेप्सेले जनाएको छ । 

१३ वटा उपसूचक मध्ये आज फाइन्स बाहेक सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको उपसूचक आज ४.५१ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक १.६ प्रतिशतले घटेको छ । 
यस्तै इनभेष्टमेन्ट समूहको उसूचक ४.७६ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक ४.१६ अंकले, ट्रेडिङ समूहको उपसूचक ३.६२ प्रतिशतले, अन्य समूहको उपसूचक ३.२६ प्रतिशतले, बैंकिङ समूह २.९२ प्रतिशतले, होटल तथा पर्यटन समूह २.७ प्रतिशलते बढेका छन् । 

उच्च अंकले बढेको बजारमा आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई दर्जन भन्दा बढी कम्पनीको मूल्यमा ६ प्रतिशत माथिले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।