image
image

राष्ट्र बैंकले आज १० अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गर्ने

काठमाडौँ, १६, साउन ।  नेपाल राष्ट्र बैंकले आज १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्दैछ । चालू आर्थिक वर्षको दोस्रो पटक ट्रेजरी बिल बिक्री गर्न लागेको केन्द्रीय बैंकले सोमबार दिउँसो ३ बजे प्रस्तावित ट्रेजरीको बोलकबोल हुने जनाएको छ । 

ट्रेजरी बिलको बिक्री भने भोलि मंगलबार (साउन १७ गते) हुनेछ । दुई थरी ट्रेजरीको बिक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्याएको छ ।  यसअघि २८ दिन र ९१ दिनका लागि कुल १५ अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गरेको बैंकले अधिकतम १३.९९ प्रतिशतसम्म ब्याजदर प्रदान गरेको थियो । यसपटक पनि सोही ब्याजदरमा ट्रेजरी बिलको माग हुने देखिएको छ ।

यता राष्ट्र बैंकले नै १४ प्रतिशतले ऋण उठाउन थालेपछि बैंक तथा वित्तीय संस्थाहरुलाई बैंकिङ ब्याजदर वृद्धि गर्ने दबाब परेको छ । हाल निक्षेपमा बैंकहरुले ११.०३ प्रतिशत ब्याजदर अफर गरिरहेका छन् । यद्यपि, भदौ महिनादेखि यो ब्याजदर थप बढ्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।