image
image

कतारमा अब ५० हजार रियालभन्दा माथिको नगद कारोबार गर्न नपाइने

काठमाडौँ, १६, साउन । सम्पत्ति शुद्धीकरण र चरमपन्थी नियन्त्रण गर्न कतारले ५० हजार कतारी रियालभन्दा माथिको नगद कारोबारमा प्रतिबन्ध लगाएको छ।

कतार केन्द्रीय बैंकले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमार्फत सरकारको यो निर्णयको जानकारी दिएको हो । उक्त ट्विटमा क्यूसीबीले मन्त्रिपरिषद्को निर्णयअनुसार ५० हजार कतारी रियालभन्दा बढीको नगद धेरै प्रकारका कारोबारमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको लेखेको छ ।

अब कतारमा ५० हजार रियालभन्दा माथिको कारोबारमा व्यक्तिले चेक, क्रेडिट कार्ड, डेबिट कार्ड वा बैंक ट्रान्सफरबाट भुक्तानी गर्नुपर्ने हुन्छ । ५० हजारभन्दा बढी कतारी रियाल सबै प्रकारका सम्पत्तिको बिक्री, खरिद र भाडामा र सम्पत्ति परिमार्जन गर्न प्रयोग गर्न नपाइने उल्लेख छ ।एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।