शेयर बजारमा झिनो अंकको बृद्धि
काठमाडौँ, १६, साउन । साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयरबजार झिनो अंकको बृद्धि भएको छ । हिजो ५४.५८ अंकले बढेको शेयर बजार आज सामान्य अंकले मात्रै बढ्न पुगेको हो ।
नेपाल स्टक एक्सेचञ्ज (नेप्से) १.१५ अंकले बढेर २१९६.२५ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६७ करोडमाथिको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको ३८ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।









