image
image

मन्दाकिनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने

कामठाडौँ, १७, साउन ।  मन्दाकिनी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको शेयर आज (मंगलबार) बाँडफाँट हुने भएको छ । कम्पनीले साउन १५ गते आइतबार प्रि अलमेन्टको काम सकेर आज बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीको बिक्री प्रवन्धक बिओके क्यापिटल मार्केटका अनुसार आज साउन १७ गते (मंगलबार) अपरान्ह ४ बजे शेयर बाँडफाँट हुनेछ । कम्पनीको शेयर, बिक्री प्रबन्धकको बिओके क्यापिटलको कार्यलय नारायणचौर नक्सालमा बाँडफाँट हुनेछ ।

कम्पनीले साउन साउन ९ गतेदेखि १२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।

त्यस शेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी रहने १० लाख ९३ हजार ७४८ कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलप्रथा मध्यमबाट न्युनतम १० कित्ताको दरले वितरण हुनेछ । त्यस अनुसार एक लाख ९ हजार ३७४ जना आवेदकले मात्रै कम्पनीको शेयर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।