image
image

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाडौँ, २२, साउन ।   इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।

आज म्यानचेस्टर युनाइटेड र ब्राइटन, वेस्ट ह्याम र म्यानचेस्टर सिटी तथा लेस्टर सिटी र ब्रेन्टफोर्ड खेल्दैछन् ।

युनाइटेड र ब्राइटन तथा लेस्टर सिटी र ब्रेन्टफोर्डबीचको खेल बेलुका पौने ७ बजे हुनेछ भने वेस्ट ह्याम र म्यानचेस्टर सिटीबीचको खेल बेलुका सवा ९ बजे सुरु हुनेछ ।

म्यानचेस्टर सिटी साविक विजेता क्लब हो । यसअघि गएराति भएका खेलमा चेल्सी, टोटेनह्याम, न्युकासल, बर्नमाउथ र लिड्स युनाइटेडले विजयी सुरुवात गरेका छन् ।

हिजोको खेलमा लिभरपुल र फुल्ह्यामले दुई/दुई गोलको बराबरी खेलेका छन् । शुक्रवार भएको लिगको उद्घाटन खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई हराएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।