image
image

प्रदेशसभा हलको ६० प्रतिशत काम सम्पन्न

काठमाडौँ २४ फागुन ।प्रदेश नं १ विराटनगरको प्रदेशसभा भवन तोकिएको समयमा केही ढिला भए पनि बजेट अधिवेशन शुरु हुनुभन्दा अगावै निर्माण सम्पन्न हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सभाहलको निर्माण करीब ६० प्रतिशत सम्पन्न भइसकेको छ।

सातौँ तथा हिउँदे अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने गरी तयार गर्न स्वामीनारायण निर्माण सेवा प्रालि धरानले रु दुई करोड ५१ लाख ८१ हजार ९७६ मा ठेक्कामा लिएको भवन २०७७ साल असोज १ गते सभामुख प्रदीपकुमार भण्डारीले शिलान्यास गरेका थिए ।

करीब ३०० मानिस अट्ने गरि तयार परिने उक्त सभाहलको निर्माण कम्पनीले आगामी फागुन मसान्तभित्रमा निर्माण कार्य सम्पन्न गर्ने भनिए पनि भवनको नक्सा र स्वरुपमा भएको परिवर्तनले केही ढिलाइ भएको बताइएको छ । त्यस्तै हिक्मतकुमार कार्कीले नीति निर्माण गर्ने सार्वभौम थलोका रुपमा रहेको प्रदेशसभाको हल निर्माण भएपछि सभा सञ्चालन गर्न सहज हुने बताउनु भयो ।  


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।