image
image

पछिल्लो २४ घण्टामा ९ सय ३४ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ, २३, साउन ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

२ हजार ८६२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४९८ तथा २ हजार ४८९ एन्टिजेन विधिबाट ४३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यता सो अवधिमा थप ४७० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६८६ पुगेको छ । 

बितेको २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै,सो अवधिमा ३२ हजार ५३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।