image
image

रिचेत जलविद्युतले १ लाख १२ हजार कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौँ, २६, साउन ।  रिचेत जलविद्युत कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि कुल १ लाख १२ हजार २२३.५७ कित्ता आईपीओ निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा स्थापना भएको रिचेत जलविद्युत कम्पनीको प्रमुख कार्यालय ललितपुर–१५ महालक्ष्मीस्थानमा रहेको छ । यसैबीच रिचेत जलविद्युत कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

धितोपत्र बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा साउन २५ गते अर्जुन प्रसाद पौडेल (अध्यक्ष, रिचेत जलविद्युत कम्पनी) र शिशिर खनाल (कम्पनी सचिव, रिचेत जलविद्युत कम्पनी) तथा सचिन्द्र ढुंगाना (नायब महाप्रबन्धक, एनआईबिएल एस क्यापिटल) र रोश्ना मानन्धर (प्रमुख–मर्चेन्ट बैंकिङ, एनआईबिएल एस क्यापिटल0 ले हस्ताक्षर गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।