image
image

छ्याङ्दी हाइड्रोलाई ३ करोड ३९ लाख घाटा, पीई रेसियो कति ?

काठमाडौँ, २७, साउन ।  छ्याङ्दी हाइड्रोपावर लिमिटेडले ३ करोड ३९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।

चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेर ७ करोड ८१ लाख रुपैयाँ भएको छ । अघिल्लो वर्ष विद्युत बिक्रीबाट हुने आम्दानी ४ करोड ८० लाख रुपैयाँमा सीमित थियो ।

 अन्य स्रोतबाट आम्दानी पनि बढेर १ लाख ७५ हजार रुपैयाँबाट घटेर ५ लाख ५१ हजार रुपैयाँ भएको छ । चुक्तापुँजी ३८ करोड ६९ लाख रहेको कम्पनीको रिजर्भ २ करोड ५४ लाख रुपैयाँले ऋणात्मक छ । अघिल्लो वर्ष रिजर्भमा १ करोड २ लाख रुपैयाँ थियो । 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८.७७ रुपैयाँले ऋणात्मक रहेको छ । प्रतिसेयर नेटवर्थ ९८.३२ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो २८.५० गुणाले ऋणात्मक छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।