image
image

अभियान लघुवित्तको आइपीओ बाँडफाँड भोलि

काठमाडौँ, २९, साउन । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ भोलि (साउन ३०गते) बाँडफाँड हुँदैछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आइपीओ कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुनेछ ।

लघुवित्तको आइपीओमा अन्तिम दिनसम्म २० लाख ७९ हजार ७८८ जनाको आवेदन परेको थियो । माग भन्दा आवेदन धेरै परेको हुदाँ धितोपत्र विनियमावली अुनसार कम्पनीको आइपीओ गोलाप्रथाद्धारा बाँडफाँड हुनेछ ।

आइपीओमा २ करोड ३५ लाख ६८ हजार ३६० कित्ता शेयरका लागि २ अर्ब ३५ करोड ६८ लाख ३६ हजार रुपैयाँ बराबरको आइपीओ माग गरिएको छ । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले १० कित्ताका दरले बाँडफाँट हुने छ । १० कित्ताका दरले बाँडफाँट गर्दा ९१ हजार ३७५ जनाले मात्रै लघुवित्तको आईपीओ प्राप्त गर्ने छन् भने बाँकी १९ लाख ८८ हजार ४१३ जनाको हात खाली रहनेछ । 

लघुवित्तले साउन १८ गतेदेखि साउन २३ गतेसम्म ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ०।५ प्रतिशत अर्थात १२ हजार ५ सय कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।