image
image

एक वर्षमा निर्जीवन बिमा कम्पनीले गरे ३९ अर्ब बढी कुल बिमा शुल्क आर्जन

काठमाडौँ, २९, साउन । गत आर्थिक वर्ष (आव) २०७८/०७९ को अन्त्यसम्म निर्जीवन बिमा कम्पनीले ३९ अर्ब १६ करोड बढी कुल बिमा शुल्क आर्जन गरेका छन् । बिमा समितिले सार्वजनिक गरेको गत आवको तथ्यांक अनुसार २० निर्जीवन बिमा कम्पनीले उक्त कुल बिमा शुल्क आर्जन गरेका हुन् ।

पछिल्लो समय बिमा व्यवसायको विस्तार बढ्दै गएपछि कम्पनीले बिमालेख बिक्रीबाट आर्जन गर्ने कुल बिमा शुल्क पनि बढ्दै गएको छ ।

२० निर्जीवन बिमा कम्पनीमध्ये सर्वाधिक कुल बिमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्सले गरेको छ । यो कम्पनीले एक वर्षको अवधिमा पाँच अर्ब ९२ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । 

समितिका अनुसार गएको वर्ष २० निर्जीवन बिमा कम्पनीमध्ये आठ कम्पनीले दुई अर्बभन्दा बढी कुल बिमा शुल्क आर्जन गरेका छन् ।

जसमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले पाँच अर्बभन्दा बढी कुल बिमा शुल्क आर्जन गरेको छ ।

यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीले तीन अर्ब १० करोड बिमा शुल्क आर्जन गरेको बिमा समितिले जनाएको छ । राष्ट्रिय बिमा कम्पनीले दुई अर्ब ६४ करोड, नेको इन्स्योरेन्स लिमिटेडले दुई अर्ब ८५ करोड, एनएलजी इन्स्योरेन्स कम्पनीले दुई अर्ब ३७ करोड कुल बिमा शुल्क आर्जन गरेको छ ।

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले २ अर्ब ६१ करोड, प्रिमियर इन्स्योरेन्स कम्पनीले दुई अर्ब १४ करोड, हिमालयन इन्स्योरेन्स कम्पनीले दुई अर्ब ६ करोड कुल बिमा शुल्क आर्जन गरेका छन् ।

यो वर्ष जनरल इन्स्योरेन्स कम्पनीले सबैभन्दा कम बिमा शुल्क आर्जन गरेको छ । उक्त कम्पनीले ९० करोड १२ लाख कुल बिमा शुल्क आर्जन गरेको छ ।
Non life insurance1660472120.png

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।