सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ, ३१, साउन । आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा आईपुगेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला ७ सयले नै घटेर तोलाको ९६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २२० रुपैयाँमा किनबेच भईरहेको छ ।









