image
image

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति प्रतिशत ?

काठमाडौँ, ३१, साउन ।  गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। 

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँको कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा ७.४४ प्रतिशतले हुन आउने १५ करोड ५१ लाख २० हजार रुपैयाँबराबरको बोनस सेयर रहेको छ। बोनस सेयर कर प्रयोजनार्थ कम्पनीले ०.३९ प्रतिशतले हुन आउने ८१ लाख ६४ हजार २१०।५३ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।