image
image

अब दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स भित्र्याउन पाइने

काठमाडौँ, ३१, साउन ।  अब विदेशबाट दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स भित्र्याउन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार एक परिपत्र जारी गर्दै अब दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स भित्र्याउन पाइने व्यवस्था गरेको हो । 

केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०७८ मा संशोधन तथा थप व्यवस्था गर्दै १० लाख रुपैयाँसम्मको सीमालाई १५ लाख रुपैयाँ पुर्याएको हो । उक्त व्यवस्था अनुसार अब विदेशमा कुनै सामान वा सेवा बिक्रीबाट हुने आम्दानी, कमिशन, पारिश्रमिक लगायतबाट हुने आम्दानी दैनिक १५ लाखसम्म भित्र्र्याउन पाइने भएको छ । 

यसरी पठाएको रकम रेमिटेन्स कम्पनीमार्फत भित्र्याएको र विदेश फिर्ता नहुने गरी ल्याएको रकम हुनु पर्नेछ । साथै एकै पटकमा वा पटक पटक गरेर यो सीमासम्म रकम ल्याउन सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले विदेशबाट आयात गर्ने आयातकर्ताको लागि प्रतितपत्र, टिटी आदी जारी गरेर विनिमय सुविधा दिँदा आयातकर्ताले ल्याउन लागेको वस्तुको अन्तर्राष्ट्रिय मूल्य र इन्भ्वाइसमा उल्लेखित दरको तुलना गर्नुपर्ने व्यवस्था गरेको छ । आयात तथा निर्यात व्यापारको माध्यमबाट हुन सक्ने सम्पत्ति शुद्धीकरण सम्बन्धि जोखिमलाई न्यूनिकरण गर्न आयात तथा निर्यात व्यापार प्रयोजनको लागि सिटही सुविधा दिँदा राष्ट्र बैंकले ड्राफ्ट÷टीटी जारी गर्दा, प्रतितपत्र खोल्दा, डीएए, डीएपी आदी अनिवार्य उपलब्ध गराउनु पर्ने राष्ट्र बैंकले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।