image
image

भारतबाट पुनः घटेर आयो इन्धनको मूल्य

काठमाडौँ, ३१, साउन । भारतबाट पुनः इन्धनको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसनले मंगलबार पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको हो ।

यो सँगै भारतबाट तेस्रो पटक इन्धनको मूल्य घटेर आएको छ । तीन पटक मूल्य घटेर आएपनि निगम घाटामा रहेको भन्दै आयल निगमले इन्धनको मूल्य घटाएको छैन ।

यस अघि साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो । त्यस्तै साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो ।

मुल्य घटेर आएसँगै अहिले निगम पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ नाफामा र डिजेलमा ५ रुपैयाँ घाटामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।