image
image

बैंक अफ काठमाण्डूले भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्कासन गर्दै

काठमाडौँ, १, भदौ ।  बैंक अफ काठमाण्डू लिमिटेडले भोलि (बिहीवार) देखि ऋणपत्र निष्कासन गर्ने भएको छ ।

कम्पनीले ७ वर्ष अवधिको १०.५० प्रतिशत ब्याजदर रहेको ‘बिओके डिवेञ्चर, २०८६’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता रू. १ हजार अंकित दरका रू. १ अर्ब १० करोड  बराबरका ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात् रू. ६६ करोड बराबरको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने  रू. ४४ करोड बराबरको ४० प्रतिशत अर्थात् ४ लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।

सर्वसाधारणलाई विक्री गर्ने ४ लाख ४० हजार कित्तामध्ये २२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ । बाँकी रहेको ४ लाख १८ हजार कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । आवेदकले न्यूनतम २५ कित्ता ऋणपत्र र अधिकतम १ लाख कित्ता ऋणपत्रको लागि आवेदन दिन सक्नेछन्। 

ऋणपत्रमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ १६ गतेसम्म समय थप हुनेछ । ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।