image
image

घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो?

काठमाडौँ, २, भदौ । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ।गत सोमबारदेखि घट्न थालेको सुनको मूल्य आज चौथो दिन बिहीबार पनि घटेको छ।

सोमबारदेखि बिहीबारसम्म सुनको मूल्य तोलामा १९ सय रुपैयाँ घटिसकेको छ।

सोमबार प्रतितोला चार सय रुपैयाँ, मंगलबार प्रतितोला सात सय रुपैयाँ, बुधबार प्रतितोला पाँच सय रुपैयाँ र आज प्रतितोला तीन सय रुपैयाँ गरी तोलामा १९ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार छापावाल सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा मूल्यमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।