image
image

शेयर बजार झन्डै २८ अङ्कले बढ्यो

काठमाडौँ, २, भदौ ।  शेयर बजार आज बिहीवार झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७२ अङ्कले बढेर दुई हजार ६८ दशमलव ४२ विन्दुमा पुगेको छ । 

आज सबै समूहको शेयर सामान्य बढेकोमा जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजार बढेसँगै कारोबारमा पनि केही सुधार आएको छ । दुई सय २० वटा कम्पनीका ५१ लाख एक हजार कित्ता शेयर दुई अर्ब पाँच करोड ७९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै रिडी हाइड्र्रोको १० करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज मन्दाकिनी हाइड्रो, अपर सोलु हाइड्रो, अप हेवाखोला हाइड्रो र श्वेतगंगा हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सर्पोट लघुवित्तको शेयर सबैभन्दा धेरै ३ दशमलव २८ प्रतिशतले घटेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।