image
image

तारकेश्वरमा पनि देखियो हैजा

काठमाडौँ, ३, भदौ ।  काठमाडौंको तारकेश्वर नगरपालिकामा पनि हैजा संक्रमण देखिएको छ । पालिकाको ५ नम्बर वडाका एक जनामा हैजा देखिएसँगै यो वर्ष हैजा संक्रमितको संख्या ५९ पुगेको छ ।

हालसम्म काठमाडौं उपत्यकाका १३ पालिकासँगै नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा हैजा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै २७ जना तथा ललितपुरमा ६ र भक्तपुरमा ३ जनामा हैजा पुष्टि भएको छ ।

हालसम्म परीक्षण गरिएकामा धारा, ट्युबवेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउनसक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्रै पिउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।