image
image

बेलायतमा मुद्रास्फी ४० वर्षयताकै उच्चदरमा

काठमाडौँ, ३, भदौ । बेलायतमा मुद्रास्फीति ४ दशकयताकै उच्चदरमा पुगेको छ। 

बेलायतको मुद्रास्फीति दर १०.१ प्रतिशत पुगेको छ। जुन ४० वर्षयताकै उच्च हो। 

बेलायतस्थित अर्थशास्त्रीको टिम ग्रुप अफ सेभनका अनुसार यो उचाइसँगै बेलायतमा कस्ट अफ लिभिङ अगस्टमा झनै बढेको छ भने उपभोक्ताको विश्वास झनै घटेको छ। 

बेलायतको केन्द्रीय बैंक ‘बैंक अफ इंग्ल्यान्ड’ले बेलायतमा ३ महिनापछि मन्दी आउन सक्ने अनुमान गरेको छ। यसो भएमा बेलायत सन् २०२४ सम्म मन्दीबाट बाहिर निस्कन नसक्ने बैंकको भनाइ छ। 

यसअघि सन् २००८ मा पनि बेलायत आर्थिक मन्दीको चपेटामा परेको थियो भने त्यसबाट बाहिर आउन बेलायतलाई अन्य युरोपेली मुलुकको तुलनामा लामो समय लागेको थियो। –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।