image
image

आजबाट साञ्जेन जलविद्युतको आईपीओ खुल्यो

काठमाडौँ, ५, भदौ । साञ्जेन जलविद्युत् कम्पनीले आजबाट आईपीओ खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयका लागि खुला गरेको हो।

आईपीओ खरीदका लागि रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, प्रभावित वर्ग आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोजुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीले आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित स्थानीयहरूले आईपीओका लागि भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असोज ४ गतेसम्म बिक्री खुला हुनेछ। 

आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गर्नु अघि सर्वसाधारणमा आईपीओ निष्कासन गरिसकेको छ। 

कम्पनीमा जारी पुँजीको ३९ दशमलव ३६ प्रतिशत चिलिमे जलविद्युतको, १० दशमलव ३६ प्रतिशत नेपाल विद्युत् प्राधिकरणको र १ दशमलव २८ प्रतिशत सेयर रसुवा जिल्लाका तत्कालीन जिल्ला विकास समिति र गाउँ विकास समितिहरूको सेयर स्वामित्व रहेको छ।

स्थानीयमा सेयर बिक्री तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापुँजी ३ अर्ब ६५ करोड रुपैयाँ कायम हुनेछ। कम्पनीको अधिकृत पुँजी ३ अर्ब ७५ करोड र जारी पुँजी ३ अर्ब ६५ करोड रहेको छ।

कम्पनीले १४ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजना र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजना गरी कुल ५७ दशमलव ३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।