image
image

मन्दीको चिन्ताका कारण कच्चा तेलको मूल्य घट्यो

काठमाडौँ, ५, भदौ ।  विश्वव्यापी रुपमा आर्थिक मन्दी बढ्दै गइरहेको छ । सम्भावित विश्वव्यापी मन्दीको चिन्ताका कारण कच्चा तेलको मूल्य घटेको छ । 

ब्रेन्ट कच्चा तेलको मूल्यप्रति ब्यारेल ९१.५१ डलर रहेको छ । यो एक साताअघिको मूल्यभन्दा ६ प्रतिशतले कम हो । गत अगस्ट १० मा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९७।४० डलर थियो । 

तर, गत बिहीबार बिहान ब्रेन्ट क्रुडको भाउमा सामान्य वृद्धि भएको थियो र प्रति ब्यारेल ९३.६८ डलरमा कारोबार भएको थियो । चीन संसारमा सबैभन्दा ठूलो कच्चा आयात गर्ने देश हो । 

चीनको अर्थतन्त्रमा आएको मन्दीका कारण इन्धनको मागमा ठूलो गिरावट आउन सक्ने देखिएको छ । यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थको मूल्यमा पर्न सक्छ । अर्थात् इन्धनको माग घट्दा भाउमा अझै गिरावट आउन सक्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।