image
image

‘पुष्पा २’को सुटिङ सुरु, डिसेम्बरमा रिलिज गर्ने तयारी

काठमाडौँ, ६, भदौ । अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर तेलुगू ‘पुष्पा : द राइज’ सफल बनेपछि निर्माण समूह फिल्मको दोस्रो श्रृंखला ‘पुष्पा : द रुल’को छायांकनमा जुटेको छ । फिल्मको छायांकन सोमबारदेखि सुरु भएको छ ।

छायांकनअघि मुहूर्त पूजाको आयोजना गरिएको थियो, जहाँ कास्ट एन्ड क्रिउ सहभागी रहे । फिल्म छायांकन सुचारु गर्ने तेलुगू फिल्म निर्माता संघको घोषणाको भोलिपल्टै ‘पुष्पा २’ को सुटिङ सुरु भएको हो ।

कलाकारले दैनिक पारिश्रमिक नपाउने सहितका केही सर्तमा फिल्म सुटिङ सुरु भएको तेलुगू सञ्चारमाध्यमले जनाएका छन् । ‘पुष्पा’का निर्माताले इन्स्टाग्राममार्फत भारतकै प्रतीक्षित फिल्मको सुटिङ सुरु भएको उल्लेख गरेका छन् ।

सुकुमार निर्देशित फिल्म पुष्पा : द राइजमा अल्लु अर्जुनले रक्तचन्दन ओसारपोसार गर्ने एक लरी चालकको भूमिका निर्वाह गरेका छन् । एक वर्षअघि रिलिज भएको फिल्मले कोरोना महामारीपछि व्यावसायिक सफलता हासिल गर्ने पहिलो फिल्म बनेको थियो ।

फिल्मले विश्व बक्स अफिसमा ३०० करोड भारु कमाएको जनाइएको छ । हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम भाषामा फिल्म रिलिज भएको थियो । यो फिल्म भारतभर रिलिज हुने अल्लु अर्जुनको पहिलो फिल्म पनि थियो ।

पुष्पा : द रुल चाहिं सन् २०२२ को डिसेम्बरमा रिलिज हुने हिन्दूस्तान टाइम्सले जनाएको छ ।

यसैबीच, रजनीकान्तको फिल्म ‘जेलर’को छायांकन पनि सोमबारदेखि सुरु भएको पिंकभिल्लाले जनाएको छ । निर्माताले रजनीकान्तको जेलर लुक्स पनि सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।