लगातार दोस्रो दिन पनि शेयर बजार घट्यो, १ अर्ब ७२ करोड रुपैयाँको कारोबार
काठमाडौँ, ६, भदौ । साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । अघिल्लो दिन ७.७४ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ७.३८ अंकले घट्न पुगेको छ ।
नेप्से घटेसँगै आज शेयरबजारमा रकम पनि घटेको छ । हिजो २ अर्ब माथिको कारोबार भएको नेप्सेमा आज ५२ लाख ३० हजार ७६३ कित्ता खरिदबिक्री हुदाँ एक अर्ब ७२ करोडमाथिको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक हिमाल दोलखा हाइड्रोपावरको २८ करोड १८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।









