image
image

राष्ट्र बैंकले चौथो पटक पनि आफैले खरिद गर्‍यो ट्रेजरी बिल, कति पुग्यो ब्याजदर ?

काठमाडौँ, ७, भदौ ।  नेपाल राष्ट्र बैंकले चौथो पटक पनि ट्रेजरी बिल आफैले खरिद गरेको छ। केन्द्रिय बैंकले भदौ ६ गते बिक्री गरेको ट्रजरी बिलमा करिब ५ अर्बको ट्रेजरी बिल राष्ट्र बैंकले आफैले खरिद गरेको हो।

केन्द्रिय बैंकले २६ दिन अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिलमा सबै आफैले खरिद गरेको छ भने ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल पनि सबै आफैले खरिद गरेको छ।

यस्तै १८२ दिन अवधिको ६ अर्बको ट्रेजरी बिलमा १५ करोडको राष्ट्र बैंकले खरिद गरेको छ भने अन्य बैंक तथा वित्तीय संस्थालाई ५ अर्ब ८५ करोड रुपैयाँको बिक्री गरेको छ। ३६४ दिन अवधिको ट्रेजरी बिलमा पनि १ अर्ब ५० करोड रुपैयाँको आफैले खरिद गरेको छ भने ५० करोडको ट्रेजरी बिल बैंक तथा वित्तीय संस्थालाई बिक्री गरेको छ।

राष्ट्र बैंक आफैले गरिद गर्न थालेपछि ट्रेजरी बिलको दर घट्दै गएको छ। करिब १४ प्रतिशतसम्म पुगेको ट्रेजरी बिलको दर अहिले ९ प्रतिशतको हाराहारी झरेको छ। २८ दिन अवधिको ट्रेजरी बिलको दर ८.७० प्रतिशत कायउम भएको छ भने ९१ दिन अवधिको ट्रेजरी बिलको दर ९.०८ प्रतिशत, १८२ दिन अवधिको ९.०२ प्रतिशत र ३६४ दिन अवधिको ट्रेजरी बिलको दर ९.०२ प्रतिशत कायम भएको छ।

बैंकहरुले महँगो ब्याजदर राखेर आवेदन पेश गर्न थालेपछि केन्द्रिय बैंकले आफैले ट्रेजरी बिल खरिद गर्न थालेको हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।