image
image

सामान्य अङ्कले बढ्यो शेयर बजार

काठमाडौँ, ७, भदौ । दुई दिनसम्म लगातार घटेको शेयर बजार आज मङ्गलवार भने सामान्य बढेको छ । शेयरबजार परिसूचक नेप्से आज एक दशमलव ८५ अङ्कले बढेर दुई हजार ५४ दशमलव ९८ विन्दुमा पुगेको छ । 

आज बैंक, व्यापार, जलविद्युत्, उत्पादन, जीवन बीमा र लगानी समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर भने सामान्य घटेको छ । यस्तै दुई सय २२ वटा कम्पनीकाे ४० लाख ३१ हजार कित्ता शेयर एक अर्ब ३३ करोड ३५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १४ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज रुरु हाइड्रो पावर, मन्दाकिनी हाइड्रो र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सिद्धार्थ इक्विटी फन्डको शेयर झन्डै सात प्रतिशत तथा एभरेस्ट बैंक, सिजिजन म्युचल फन्ड–१ र लक्ष्मी इक्वपटी फन्डको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।