image
image

वैदेशिक व्यापारमा एक खर्ब १६ अर्ब ४७ करोड बढि घाटा

काठमाडौँ, ८, भदौ ।  चालु आर्थिक वर्षको पहिलो महीना साउनमा नेपालले वैदेशिक व्यापारमा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ घाटा व्योहोरेको छ ।

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, अघिल्लो वर्षको सोही अवधिका तुलनामा व्यापार घाटा १०.३८ प्रतिशतले घटेको छ । 

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात साउनमा नेपालले एक खर्ब २९ अर्ब ९६ करोड व्यापार घाटा व्योहोरेको थियो ।

चालु आवको पहिलो महिना साउनमा नेपालले एक खर्ब ३१ अर्ब २८ करोड मूल्यका सामान आयात गरेको छ । यो अवधिमा नेपालले १४ अर्ब ८१ करोडको वस्तु निर्यात गरेको छ । आयात अघिल्लो वर्षको यही अवधिका तुलनामा १२.९ प्रतिशत र निर्यात २८.६८ प्रतिशतले घटेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो वर्षको यसै अवधिको तुलनामा १२ प्रतिशतले आयातमा कमी आएको हो । गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्बको आयात भएको थियो ।

 गतवर्ष २० अर्ब ७६ करोडको निर्यात भएकोमा यो पटक १४ अर्ब ८० करोड बराबरको वस्तु निर्यात भएको छ । साउनमा सबैभन्दा धेरै २५ अर्ब तीन करोडको इन्धनजन्य खनिज तेल र यस सम्बन्धी सामग्री आयात भएको छ । 

त्यसै गरी १३ अर्ब तीन करोडको फलाम र फलामजन्य सामान आयात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।