image
image

एक महिनामा साढे २० अर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात

काठमाडौँ, ८, भदौ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालले भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ । गत साउन महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास नेपाल भित्रिएको हो । 

विभागका अनुसार साउनमा नेपालले ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँको डिजेल आयात गरेको छ । सोही समयमा भारतबाट ६ अर्ब ३८ करोड ५९ लाख ५३ हजार रुपैयाँको पेट्रोल र ५ अर्ब २७ करोड ८० लाख १ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको विभागले जनाएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा नेपालले १४ अर्ब ६१ करोड ६२ लाख ६९ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको थियो । 

गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा नेपालले ६ अर्ब २ करोड ८५ लाख ८७ हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।