शेयर बजारमा झिनो अंकको वृद्धि, कारोबार रकम डेढ अर्बमा सिमित
काठमाडौँ, ८, भदौ । साताको चौथो कारोबारको दिन(बुधबार) पनि शेयर बजारमा झिनो अंकले बढेको छ । कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक २.८७ अंकले बढेर २०५७.८५ को बिन्दुमा पुगेको हो ।
शेयरबजार बढेपनि कारोबारमाा खासै उत्साह देखिएको छैन । आज जम्मा एक अर्ब ५२ करोडमाथिको कारोबार भएको छ । आज ३६ लाख ७८ हजार ७०५ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१७ रुपैंया बराबरको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक अरुण काबेली पावरको १६ करोड ९२ लाख माथिको कारोबार भएको छ ।









