image
image

नेपालमा भित्रिए ३ हजार बढी चिनियाँ कामदार

काठमाडौं २५ फागुन ।वर्षेनी लाखौ नेपाली कामका लागि विश्वका धेरै मुलुक प्रस्थान गरिरहँदा पछिल्लो ४ बर्षको अवधीमा नेपालमा चीनदेखि ३ हजार ३१८ जना चिनियाँ कामदार नेपाल आएका छन् । सन् २०१७ यता सो बराबरका नयाँ चिनियाँ कामदार रोजगारीका लागि नेपाल आएका हुन् ।

श्रम बिभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । त्यसमा ३ हजार १३० जना पुरुष कामदार रहेका छन् भने महिला कामदारको संख्या १८८ रहेको छ ।
 
समग्रमा २०१७ यतादेखि नेपालमा ४ हजार ४१३ जना विदेशी कामदार आएका छन् । त्यसमा चिनियाँ कामदारको हिस्सा बढी छ ।बिशेषगरि नेपालको जलविद्युत क्षेत्रमा चिनियाँ कामदारको हिस्सा बढी छ । जलविद्युत सम्बन्धी प्राविधिक जनशक्ति चिनमा नै रहेका छन् । त्यसमाथि नेपालको जलविद्युतमा चीनको पनि लगानी छ । त्यसपछि चिनियाँ कम्पनीले पनि आफ्नो देशको कामदार यहाँ ल्याउने गरेका छन् । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।