image
image

विश्व बजारमा कच्चा तेलको मूल्य तीन सातायताकै उच्च विन्दुमा, कति पुग्यो ?

काठमाडौ, १०, भदौ ।  विश्व बजारमा कच्चा तेलको मूल्य बिहीबार तीन साताको उच्च विन्दुमा पुगेको छ । तिव्र गतिमा विश्वको परिवर्तन भइरहेको विश्वव्यापी परिदृश्यकाबीच एक पटक पुनः अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य बढ्ने संकेत देखिएको छ ।

अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार एशियाली बजारमा तेलको मूल्य बढ्ने सम्भावना देखिन्छ । यसअघि विश्व बजारमा बुधबारको सुरुवाती कारोबारमा अमेरिकी क्रुड ३४ सेण्टले बढेर प्रति ब्यारेल ९५.२३ डलर पुगेको थियो । यस्तै ब्रेण्ट क्रुड प्रति बयारेल ५१ सेण्टले बढेर १०१.७३ पुग्यो ।

तेल व्यापारीका निकट श्रोतका अनुसार अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि हुने अनुमानका प्रमुख दुई कारण छन् । पहिलो कारण ओपेकले कच्चा तेलको उत्पादनमा कटौती गर्न सक्ने साउदी अरबले बताएको छ ।

 साउदी अरबको यस चेतावनीपछि कच्चा तेलको मूल्यमा उछाल आएको हो । विश्वको बेंचमार्क ब्रेण्ट क्रूडले गत मंगलबार कच्चा तेलको मूल्य प्रति बयारेल १००.२२ डलर निर्धारण गरेको थियो । ओपीईसीका श्रोतक अनुसार तेल उत्पादक देशहरुकातर्फबाट हुने कुनै पनि किसिमको कटौतीले तेलको मूल्य बढ्न सक्दछ ।

विश्व बजारमा कच्चा तेलको मूल्य बढेमा नेपालमा पनि तेलको मूल्य पुनः बढ्न सक्ने  छ ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।