image
image

आज पनि नेप्सेमा दोहोरो अंकको गिरावट, दुई घण्टामा १ अर्ब २९ करोड बढीको कारोबार

काठमाडौँ, १०, भदौ । साताको अन्तिम कारोबारको दिन (शुक्रबार) पनि शेयर बजार दोहोरो अंकले घटेको छ । बिहीबार १८.३० अंक घटेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १६.९३  अंक घटेर २०२२.६२ विन्दुमा झरेको छ।

यस दिन २१३ स्टकको २७ हजार १२० पटकको कारोबारमा १ अर्ब २९ करोड ४८ लाख ३२ हजार रुपैयाँ बराबरको ३५ लाख ८८ हजार कित्ता शेयर कारोबार भएको छ।

बिहीबार १९ स्टकको मात्र शेयरमूल्य बढेको छ। जसमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को शेयरमूल्य सर्वाधिक ५.९५ प्रतिशत बढेको छ भने अपर हेवाखोला हाइड्रोपावरको ५ प्रतिशतभन्दा बढी बढेको छ। अन्य स्टकको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। त्यसैगरी, यस दिन मूल्य घटेका १८८ स्टकमध्ये पञ्जकन्या माइ हाइड्रोपावर र कालिका पावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोड ६८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिडी पावरको करिब ६ करोडको शेयर खरिदबिक्री भएको छ भने अरुण काबेलीको करिब ५ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन जीवन बीमा उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेका छन्। यस दिन जीवन बीमा उपसमूहको परिसूचक ०.३१ प्रतिशत बढेको छ। कारोबारमा आएको विकासबैंक, वित्त, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।